शनिबार थप २४० जनामा कोरोना पुष्टि, ४७७ जना संक्रमणमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शनिबार थप २४० जनामा कोरोना पुष्टि, ४७७ जना संक्रमणमुक्त


३ माघ २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको हो।

योसँग हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४७७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसहित कोरोना भाएरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट शनिबार थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस