चिनियाँ राजदूत हाउ र राष्ट्रपति भण्डारीबिच दुई घण्टा छलफल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चिनियाँ राजदूत हाउ र राष्ट्रपति भण्डारीबिच दुई घण्टा छलफल


२ माघ २०७७, शुक्रबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रवार साँझ ६ बजेदेखि ८ बजेसम्म छलफल गरेकी छिन् ।

नेकपा एकताको पक्षमा चीन रहेको सन्देश दिँदै आएकी हाउले पार्टी एकताकै विषयमा राष्ट्रपति भण्डारीसँग छलफल गरेको स्रोतको भनाई छ ।

यसअघि संसद् विघटन भएको साता दिन पछि पुस १२ गते सम्भावित मध्यस्थताका लागि चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल आएका थिए।

उनीहरूले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीसँगै पालैपालो नेकपाका शीर्ष नेताहरूलाई भेटेर नेकपा एकताको सम्भावनाबारे छलफल गरेका थिए ।

नेकपाको एकता सम्भव भएको दाबीसहित पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय एकता अभियान सार्वजनिक गरिरहँदा राजदूत हाउले राष्ट्रपति भण्डारीसँग गरेको भेटलाई महत्त्वका साथ हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस