फ्रान्समा लागु कर्फ्युमा थप कडाइ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फ्रान्समा लागु कर्फ्युमा थप कडाइ


२ माघ २०७७, शुक्रबार


एजेन्सी । कोरोना सङ्क्रमण बढ्न थालेपछि फ्रान्समा रातको समयमा लागु गरिएको कर्फ्युमा थप कडाइ गरिएको छ ।

फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्सले स्थानीय समयानुसार शनिवार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रूपमा लागू गरिएको रातीको कर्फ्युको ढाँचामा परिवर्तन गरिने जानकारी दिएका छन्।

बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै डिसेम्बरदेखि नै जारी कर्फ्यु थप कडाइको घोषणा प्रधानमन्त्री क्यास्टेक्सले गरेका हुन्।

हालसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने गरेकोमा अब साँझ ६ बजेदेखि नै कर्फ्यु लगाइने छ। यो नयाँ नियम कम्तीमा १५ दिनसम्म लाग रहने जनाइएको छ ।

प्रधानमन्त्रीले देशभर कोरोना सङ्क्रमणको अवस्था चिन्ताजनक रहेको बताउँदै विदेशबाट आउनेहरूका लागि पनि नयाँ नियमको घोषणा गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस