देशभर थप ४४५ जनामा कोरोना पुष्टि, ४१४ जना संक्रमणमुक्त, ५ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशभर थप ४४५ जनामा कोरोना पुष्टि, ४१४ जना संक्रमणमुक्त, ५ को मृत्यु


२९ पुस २०७७, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ४ हजार १५४ नमुनाको पीसीआर परीक्षण गरिएकोमा ४४५ जनामा कोरोना भाइरस संक्रमण लेखिएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याकंमा उल्लेख छ ।

मन्त्रालयका अनुसार बुधबार ४१४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ।

 

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस