सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित


२९ पुस २०७७, बुधबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडको १४औँ वार्षिक साधारण भाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।

अन्य सञ्चालक सदस्यहरूमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दीपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन् ।

नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गराएका छन् ।

प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४औैैैँ साधारण सभामा बैङ्कका शेयर सदस्यहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस