थानकोटका इन्स्पेक्टर गायत्रीराज शर्मा निलम्बित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थानकोटका इन्स्पेक्टर गायत्रीराज शर्मा निलम्बित


२३ पुस २०७७, बिहिबार


काठमाडौँ । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मा निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो ।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस