२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् विघटनविरुद्ध काठमाडौँमा अनेरास्ववियुको लालटिन जुलुस

अ+ अ-

काठमाडौँ । संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनअन्तर्गत नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन जुलुस निकालेको छ ।

माइतीघरबाट सुरु भएको जुलुस बानेश्‍वरमा गएर कोणसभामा परिणत हुने विद्यार्थी नेताहरुले बताएका छन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौँ है, संसद् विघटनको धारा खै ?’नारा लगायत ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रदर्शन गरेका छन् ।

संसद् विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै दाहाल नेपाल समुहमा रहेका अनेरास्ववियुको एउटा समूह सडकमा आएको हो ।

रन्जित तामाङले नेतृत्व गरेको अनेरास्ववियुले बुधबार माइतीघर मण्डलमा प्रधानमन्त्रीले दिउँसै रात पारेको भन्दै उज्यालोको खोजीमा लालटिन जलाउनुपरेको विद्यार्थीहरूले बताएका छन् ।

अनेरास्ववियुले सरकारको पछिल्लो कदमविरुद्ध हिजो (मंगलबार) मात्र दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो ।