२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ

अ+ अ-

बनियानी । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह-७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनीहरुले साविक जुरोपानी-८, हाल गौरादह नगरपालिका-७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४-०६-७७-००५९१ नम्बरको नागरिकता, दीपिका राईलाई ०४-०६-७७-००५९२ नम्बरको नागरिकता र विशाल राईलाई ०४-०६-७७-००५९३ नम्बरको नागरिकता वितरण गरेको पाइएको प्रवक्ता थापाले बताए ।

सम्बन्धित समाचार : नागरिकता वितरणमा त्रुटि देखिएपछि इलाका प्रशासन प्रमुख पक्राउ

‘वितरण गरिएको नागरिकताको नागरिकतासम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा छैन’, उनले भने, ‘नागरिकतासम्बन्धी सफ्टवेयरको प्रयोग गरी नागरिकता कीर्ते गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको हो ।’ प्रारम्भिक अनुसन्धानका क्रममा उल्लेखित नागरिकता प्राप्त गर्ने व्यक्ति नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरेपछि उक्त विवरण ‘इडिट’ (सच्याएर) गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको खुलेको उनले बताए ।

साह, आलम र तिम्सिनालाई शनिबार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा दिन पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस