प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी


१२ पुस २०७७, आइतबार


काठमाडौँ । प्रदेश १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।

राज्यमन्त्री गजमेरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए । तर गजमेरले अस्वीकार गरेकी थिइन् । यस्तै प्रचण्ड–माधव पक्षका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।

मुख्यमन्त्री राईले आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै शनिवार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदबाट बर्खास्त गरेका थिए ।

मुख्यमन्त्री राई नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेको छ । प्रदेश सभामा रहेका ९३ सदस्यमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना रहेका छन् । नेकपाका ६७ सदस्यमध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ जना छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस