नेपाल टेलिकमले जनवरी १ देखी आईपी टिभी सुरु गर्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाल टेलिकमले जनवरी १ देखी आईपी टिभी सुरु गर्दै


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । नेपाल टेलिकमले सन् २०२१ जनवरी १ देखी आईपी टीभी औपचारिक रुपमा घोषणा गर्ने भएको छ ।

संसारले सूचना प्रविधिको क्षेत्रमा फड्को मारिरहेका सन्दर्भमा ग्राहकको रोजाई र सेवासुविधालाई मध्येनजर गर्दै टेलिकमले प्रविधिको प्रयोगबाट टीभी हेर्ने सुविधा थप गर्न लागेको हो ।

आईपी टीभीको सेवा दिन टेलिकमले दुई वर्षदेखि गरेको प्राविधिक तयारी पूरा भएकोले अब औपचारिक रूपमा १ जनवरी २०२१ बाट घोषणा गर्ने तयारी गरिएको नेपाल टेलिकमका सहप्रवक्ता रन्जित लोहियाले प्रशासनलाई जानकारी दिए ।

सहप्रवक्ता लोहियाका अनुसार पछिल्लो समयमा ग्राहकहरु इन्टरनेटसँगै आईपी टीभीतर्फ आकर्षित भइरहेका बेला ग्राहकको सजिलो र सहजताका लागि टेलिकमले फाइबर टू दि होम (एफटीटीएच) मार्फत आईपी टीभी सेवाको सुरुवात काठमाडौं उपत्यकाबाट गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने टेलिकमले तयारी गरेको छ ।

हालसम्म ३९ जिल्लामा अप्टिकल फाइबर पुगिसकेकाले यी जिल्लामा छिट्टै नै एफटीटीएच मार्फत आईपी टीभी सेवा विस्तार गरिने  सहप्रवक्ता लोहियाले जानकारी दिए ।

सरकारले ८ कात्तिकदेखि लागू गरेको क्लिन फिड (विज्ञापनरहित) नीतिसँगै टिभीका ग्राहक पछिल्लो समयमा आईपी टिभीतर्फ मोडिएका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस