डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी, अढाइ करोडको क्षति « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी, अढाइ करोडको क्षति


१० पुस २०७७, शुक्रबार


धनुषा । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण आगलागीबाट करिब अढाई करोड क्षति भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो ।

धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युत्को तार सट भएर लागेको आगलागीबाट झण्डै रु दुई करोड ५० लाखको क्षति भएको हो । जनकपुरधाम उप-महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप-महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुले आरोप लगाएका छन् ।

धनुषा तथा महोत्तरीबाट आएका छ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतले बताए । धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुणयन्त्रबाट आगलागी नियन्त्रणमा आएको हो । जनकपुरधाम उप-महानगरपालिकामा दुईवटा वारुणयन्त्र रहे पनि महिनौँदेखि दुवै बिग्रिएर थन्किएका छन् । आगलागी हुँदा समयमै वारुणयन्त्र पठाउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस