२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उछाल : सात अर्ब कारोवार

अ+ अ-

काठमाडौँ । सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अङ्कले ओरालो लागेको थियो ।

यस्तै, सोमबार भने बजार सम्हालिएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ९५.४६ बिन्दुले उकालो लागेर २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५.१८ बिन्दुले उकालो लागेर ३९१.७४ मा पुगेको छ । कूल २०५ कम्पनीको एक करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर रु छ अर्ब ७४ करोड सात लाख ४४ हजार ४३२ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १२ वटा समूहको नै शेयर उकालो लागेको छ । त्यसमा बैंकिङ ७०।९, व्यापार ७७.४८, होटल २०.५६, विकास बैंक ६६.१७, जलविद्युत् ८०.६८, वित्त २५.८, निर्जीवन बीमा ५२७.७७, उत्पादन ११३.०८, अन्य ७८.८, लघुवित्त १०७.०५, जीवन बीमा ९५०.९५ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८६ करोड ३६ लाख ८२ हजार ७७५ बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक रु ४६ करोड ८१ लाख ३४ हजार १७२, प्रभु बैंक रु ३२ करोड एक लाख १४ हजार ६१३, एनसिसी बैंक रु २७ करोड ३१ लाख ७१ हजार ८०९, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ५८ लाख २६ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, शिखर इन्स्योरेन्स १०, नबील बैंक ९.९९, नेपाल लाइफ इन्स्योरेन्स ९.९६ साञ्जेन जलविद्युत् कम्पनी ९.९६, एनआइसी एशिया बैंकका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ९.९२, युनाइटेड इदी मर्दी ९.९०, सनराइज फ्रस्ट म्युचुअल फण्ड ५.१९, श्री इन्भेस्टमेन्ट १.९८ र माउण्टेन इनर्जीका लगानीकर्ताले १.८१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस