२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकाले सोमबार २६ औँ महानगर दिवस मनाउँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर सोमबार २६ औँ महानगर दिवस मनाउने भएको छ । कोभिड-१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना संक्रमणको विशेष परिस्थितिमा पनि औपचारिक कार्यक्रम गरी महानगर दिवस मनाउन लागिएको बताए । महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको पनि मेयर शाक्यले बताए ।

यस्तै महानगरपालिकाले अहिले सम्म गरेका कामहरु र आगामी योजनाको सम्बन्धमा पनि जानकारी गराउने कार्यक्रम रहेको मेयर शाक्यले बताए । महानगर भित्रका भित्रि सडक र मूल सडकमा रातिको समयमा उज्यालो बनाउने अभियान सुरु गरिएको र आगामी तीन महिना भित्रमा महानगरपालिकाका सबै सडकमा बत्ती बल्ने बताए ।

महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत गुठीहरु, खड्गी समुदायका गुठीहरु, गुँला बाजाका समूहहरु, इन्द्राजात्रामा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव लगायतका बुजाका गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि मेयर शाक्यले बताए । यस्तै पहिलो जननिर्वाचित मेयर स्वर्गीय जनकमान श्रेष्ठको नाममा स्थापना गरिएको ‘जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई प्रदान गर्ने भएको छ । सेवा प्रवाहमा खटिरहेका पाँच जना जनप्रतिनिधि र पाँच जना कर्मचारीहरुलाई पनि सम्मान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस