ब्रेक्जिट सङ्क्रमणकाल थप नगरिने : जोनसन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ब्रेक्जिट सङ्क्रमणकाल थप नगरिने : जोनसन


एजेन्सी

२३ मंसिर २०७७, मंगलबार


डाउनिङ स्ट्रिट लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रबक्ताले बेलायतले ब्रेक्सिट संक्रमणको अबधिलाई थप गर्ने सम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

ब्रसेल्समा ब्रेक्जिटसम्बन्धी वार्ताको चर्चा चलिरहँदा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले सोमबार बेलायत ब्रेक्जिट संक्रमणको अबधिलाई थप गर्नेसम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गर्ने कुरा बताएका हुन् ।

‘अवश्य पनि समय एकदम कम छ । हामी अन्तिम चरणमा छौंं ।’ प्रधानमन्त्रीका प्रवक्ताले पत्रकारलाई भने ।

‘हामीसँग समय भएसम्म र अझै पनि सम्झौता सम्भव छ भने हामी वार्ता गर्न तयार र्छौं ।’ यद्यपी उनले संक्रमणको अवधि भने नलम्बिने कुरामा जोड दिए ।

उनले अगाडि थपे, ‘हामीले धेरै अवसरहरुमा प्रष्ट पारिसकेका छौं, हामीले संक्रमणको अवधिलाई थप गर्ने छैनौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस