भारतको आईसीआईसीआई बैङ्कद्वारा नेपालमा कार्यालय सञ्चालन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतको आईसीआईसीआई बैङ्कद्वारा नेपालमा कार्यालय सञ्चालन


१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ । भारतीय आईसीआईसीआई बैङ्कले नेपालमा आफ्नो कार्यालय खोलेको छ ।

बिहीबार बैङ्कले काठमाडौँको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो। आईसीआईसीआई बैङ्क नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैङ्क हो।

प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र आईसीआईसीआई बैङ्कका प्रबन्ध सञ्चालक तथा सिइओ सन्दीप बक्सीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट गरेका छन् ।

नेपालमा शाखा प्रतिनिधि कार्यालयको स्थापनासँगै बैङ्कका अन्तर्राष्ट्रिय शाखा प्रतिनिधि कार्यालयहरू विभिन्न १५ देशमा पुगेको बैङ्कले जनाएको छ छ ।

बैङ्कले रञ्जन कुमार थापालाई नेपालको प्रतिनिधि कार्यालयको प्रमुख नियुक्त गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस