निजामती कर्मचारी सङ्गठन बुटवलको अध्यक्षमा बस्याल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

निजामती कर्मचारी सङ्गठन बुटवलको अध्यक्षमा बस्याल


१६ मंसिर २०७७, मंगलबार


बुटवल । नेपाल निजामती कर्मचारी सङ्गठन बुटवल उपमहानगरपालिकाको अध्यक्षमा माधव प्रसाद बस्याललाई चयन गरेको छ । सोमबार सम्पन्न उपमहानगरपालिकाको भेलाले बस्याललाई अध्यक्षमा चयन गरेको हो ।

सङ्गठनको उपाध्यक्षमा कमला चुँदाली, सचिवमा लक्ष्मण भट्टराई, सह सचिवमा ध्रुव भट्टराई, कोषाध्यक्षमा रेश्मीराज घिमिरेलाई चयन गरेको त ।

यस्तै, सङ्गठनको सदस्यहरूमा दिनेश काजी बज्राचार्य, उर्मिला श्रेष्ठ, एक नारायण खनाल, गीतादेवी पाण्डे, पीताम्बर न्यौपाने, प्रेम बहादुर बुढाथोकी चयन भएका छन् ।

कार्यक्रममा निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य काशीराम आचार्यले सबै सदस्यहरू एकजुट भई अघि बढ्दा जुनसुकै शक्तिलाई पनि परास्त गर्न सक्षम हुने दाबी गरे । उनले सङ्गठनका सदस्यहरू हरदम रचनात्मक काममा लागिरहनु पर्ने सुझाव दिएका थिए ।

रुपन्देहीका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्गठन रुपन्देही सदस्य प्रेम प्रसाद खनाल, नेपाल नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष ठगिश्वर पोख्रेल, सितु प्रसाद श्रेष्ठ, माधव प्रसाद बस्याल, रेश्मीराज घिमिरे, लक्ष्मण भट्टराई लगायतले आफ्ना भनाइ राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस