प्रदेश १ मा ३६४ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ मा ३६४ जना कोरोना संक्रमित थपिए


२८ कार्तिक २०७७, शुक्रबार


विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६४ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा १ हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकोमा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहुनेहरुमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन/तीन, सङ्खुवासभा र धनकुटामा दुई/दुई, ओखलढुङ्गा र भोजपुरमा एक/एक र प्रदेश बाहिरका २२ जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको संख्या २३ हजार ४३४ पुगेको छ । यसप्रदेशमा आज ७३६ जना सङ्क्रमित निको भै घर फर्केका छन् भने उनीहरुको संख्या हालसम्म १७ हजार १५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस