काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा ज्ञवाली  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा ज्ञवाली 


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सहसचिव राजेश्वर ज्ञवालीलाई पठाइएको छ ।

महानगरपालिकामा सचिवको दरबन्दी काट्ने मन्त्रिपरिषद्को निर्णयसँगै रिक्त प्रमुख प्रशासकीय अधिकृतमा महानगरमै कार्यरत सहसचिव ज्ञवालीलाई नियुक्ति दिइएको हो ।  ज्ञवाली विगत एक वर्षदेखि नै महानगरपालिकामा कार्यरत थिए ।

सम्बन्धित समाचार : काठमाडौँ महानगरको सचिव पद काटियो, अव सहसचिव नै प्रमुख प्रशासकीय अधिकृत

महानगरका अन्तिम सचिव प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै सहसचिव ज्ञवालीले प्रमुख प्रशासकीय अधिकृत हुने करिब पक्कापक्की जस्तै थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस