काठमाडौँ महानगरको सचिव पद काटियो, अव सहसचिव नै प्रमुख प्रशासकीय अधिकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरको सचिव पद काटियो, अव सहसचिव नै प्रमुख प्रशासकीय अधिकृत


३ कार्तिक २०७७, सोमबार


काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकामा सचिव पदको दरबन्दी काटेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव)को दरबन्दी काटेर राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) प्रमुख प्रशासकीय अधिकृत कायम गर्ने निर्णय गरेको हो ।

महानगरका अन्तिम सचिव प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै सचिव पछिको बरीयतामा रहेका सहसचिव राजेश्वर ज्ञवाली अवको प्रमुख प्रशासकीय अधिकृत हुने प्रशासन स्रोतले बतायो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार महिना अघि नै महानगरपालिकामा सचिव पदको दरबन्दी काट्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

सम्बन्धित समाचार : महानगरमा सचिवको दरबन्दी काट्ने प्रस्ताव मन्त्रिपरिषदमा

देशभरका आधा दर्जन महानगरपालिका मध्ये ५ वटामा सहसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि काठमाडौँ महानगरपालिकामा सचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस