२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्ने जातको च्याउको बीउ उत्पादनमा वृद्धि

अ+ अ-

कञ्चनपुर । व्यावसायिक रुपमा च्याउ खेती गर्ने किसानको मागलाई ध्यानमा राख्दै बेदेकोट नगरपालिकाको सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालाले कन्ने जातको (वस्टर) च्याउको बीउ उत्पादनमा जोड दिएको छ ।

अन्यत्रबाट बीउ ल्याएर च्याउ खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि प्रयोगशालाले यस वर्ष १० हजार पोका च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

हालसम्म प्रयोगशालाले पाँच हजार पोका च्याउको बीउ उत्पादन गरेको छ । उत्पादन भएको बीउमध्ये ८०० जति पोका किसानलाई बिक्री गरेको छ । तयार गरिएको एक हजार पोका च्याउको बीउ समेत वितरण गर्ने तयारी गरिएको छ ।

प्रयोगशालाले उत्पादन गरेका २०० ग्रामको च्याउको बीउको पोकालाई रु ३२ मा बिक्री गरिरहेको छ । ‘खेती गर्ने किसान बढेपछि च्याउको बीउको माग धेरै आएको छ’ प्रयोगशालाका प्राविधिक प्रेमराज न्यौपानेले भने, ‘किसानको मागलाई मध्यनजर गर्दै बीउको गुणस्तर र उत्पादनलाई बढाएका छौँ ।’

प्राविधिकका अनुसार च्याउको बीउ बनाउने प्रक्रिया पूरा गर्न १० देखि १४ दिन लाग्ने गर्दछ । तयार गरेको बीउ २० दिनसम्म भण्डार गर्न सकिन्छ ।

प्रयोगशालाले २०५९ सालदेखि कन्ने जातको च्याउको बीउ तयार गरी किसानलाई उपलब्ध गराउँदै आएको छ । च्याउको बीउको माग सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट आएको छ ।

वातावरण अनुकुल बनाइएका प्लाष्टिकका टनेलमा बाह्रै महिना च्याउको उत्पादन हुन सक्दछ । पहिला चिसो मौसममा मात्रै च्याउको उत्पादन हुदै आएकामा हाल बाह्रै महिना च्याउको व्यावसायिक उत्पादन समेत हुन थालेपछि च्याउको बीउको माग अधिक आउन थालेको हो ।

च्याउबाट भिटामिन ‘ए’, रक्तचाप नियन्त्रण गर्ने तत्व सँगै क्याल्सियम प्रसस्त मात्रामा पाइने गर्दछ ।