कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु « प्रशासन
Logo १३ मंसिर २०७८, सोमबार
   

कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु


२४ कार्तिक २०७७, सोमबार


बुटवल । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए । मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् ।

एक सातासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस