प्रधानमन्त्रीद्वारा विवाद समाधान कार्यदलका सदस्यहरूलाई बालुवाटार बोलावट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीद्वारा विवाद समाधान कार्यदलका सदस्यहरूलाई बालुवाटार बोलावट


२४ कार्तिक २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद समाधानका लागि गत साउनमा बनाइएको ६ सदस्यीय कार्यदललाई बालुवाटार बोलाएका छन् ।

पछिल्लो विवादबारे छलफलका लागि समय मागेका कार्यदलका सदस्यहरूलाई आज दिउसो ११ बजेका लागि बालुवाटार बोलावट भएको हो ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे , भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल नेतृत्वको कार्यदल गठन गरेको थियो। सोही कार्यदलले बुझाएको प्रतिवेदन अनुसार पार्टी विवाद तत्कालका लागि मत्थर भएको थियो।

कार्यदलको प्रतिवेदन अनुसार प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका थप गरी ‍पार्टी सञ्चालन गर्ने निर्णय स्थायी कमिटीबाट पारित गरेर संकट तत्कालका लागि समाधान भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस