भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी दर्जा आज दिइँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी दर्जा आज दिइँदै


२० कार्तिक २०७७, बिहिबार


काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको दर्जा आज दिइँदै छ ।

तीन दिवसीय भ्रमणको क्रममा कात्तिक १९ गते बुधबार नेपाल आएका नरवणेलाई आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन् । जंगीअड्डाको अभिलेखअनुसार भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति हुनेछन् ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माद्वारा भारतीय सेनाध्यक्ष नरवणेको स्वागत

भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौँ आइपुगे

भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

नरवणेको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउनेछ : भारत

प्रतिक्रिया दिनुहोस