नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माद्वारा भारतीय सेनाध्यक्ष नरवणेको स्वागत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माद्वारा भारतीय सेनाध्यक्ष नरवणेको स्वागत


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको स्वागत गरेका छन् । बुधवार दिउँसो काठमाडौँ आइपुगेका नरवणेलाई बलाधिकृत रथी शर्मा र श्रीमती सुनिता शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज कार्तिक १९ गते काठमाडौँ आइपुगेका छन् । उनीसँगै धर्मपत्नी विना नरवणे पनि आएकी छन् ।

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई कार्तिक २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस