हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु


१७ कार्तिक २०७७, सोमबार


काबुल । अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ ।

देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर समेत रहेको जनाइएको छ ।

घटनाका बारेमा थप विवरण संकलन हुदै गरेको पनि अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय श्रोतले सोमबार जानकारी दिएको छ ।

श्रोतका अनुसार १७५ जनाको मृत्यु भएको हो भने अरु २६ जना घाइते भएका छन् । झडप झण्डै रातभरी भएको पनि श्रोतको दावी छ ।

कान्दहार प्रान्त पछिल्लो समयमा हिंसात्मक घटनाहरुबाट धेरै प्रभावित हुँदै गएको छ । यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिवान लडाकूबीचमा झडप हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस