सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ


१६ कार्तिक २०७७, आइतबार


काठमाडौं । सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई महानगरीय अपराध महाशाखाको टोलीले आज काठमाडौँको तीनकुनेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक, चौतारा घर भई भक्तपुर कौशलटार बस्ने ४५ वर्षीय हरिबहादुर श्रेष्ठ छन् ।

उनीविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकले विसं २०६१ मा सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।

खोजी अभियानका क्रममा महाशाखाको टोलीले उनलाई आज १६ वर्षपछि पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि उनलाई आजै सिन्धुपाल्चोक पठाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस