मुख्यमन्त्री पौडेल कोरोनामुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री पौडेल कोरोनामुक्त


१५ कार्तिक २०७७, शनिबार


काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । यही कात्तिक ६ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत छन् । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस