पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु


१२ कार्तिक २०७७, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट देशभर थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको र ११ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको छ।

गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ सय पुगेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस