काठमाडौँ । बिहिबार कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।
बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो । गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३६ सय ३७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।