वरिष्ठ कार्यकारी विकास कार्यक्रमका लागि सहसचिवको नामावली पठाउन आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वरिष्ठ कार्यकारी विकास कार्यक्रमका लागि सहसचिवको नामावली पठाउन आह्वान


५ कार्तिक २०७७, बुधबार


समायोजन

काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले वरिष्ठ कार्यकारी विकास कार्यक्रमका लागि सहसचिवको नामावली माग गरेको छ ।

प्रतिष्ठानले कार्तिक २४ गतेदेखि २०७८ वैशाख २२ गतेसम्म सञ्चालन गर्ने ६ महिने ३९ औँ वरिष्ठ कार्यकारी विकास कार्यक्रमका लागि सहसचिवहरूको नामावली पठाउन भनेको हो ।

लिडरसिप, इन्टिग्रिटी, स्ट्याटजिक म्यानेजमेन्ट, गभर्नेन्स र पोसिली म्यानेजमेन्ट गरी विभिन्न पाँच वटा मोड्यूल र इन्टर मोड्यूल एक्सन लर्निङसहितको उक्त कार्यक्रमका लागि २५ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत९सहसचिव०को मनोनयन गरी नामावली पठाउन प्रतिष्ठानले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।

मोबाइल नम्बरसहितको नामावली १९ गतेभित्र पठाइसक्न भनिएको छ । २१ गते अभिमुखीकरण कार्यक्रम राखेको प्रतिष्ठानले कोभिड–१९ का कारण अनलाइन विधिबाटै कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

प्रतिष्ठानले पत्र पठाएको करिब दुई हप्तापछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, निकाय, कार्यालय तथा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ४ वर्ष सेवा अवधि पुरा भएका वरिष्ठत सहसचिवको पीआइएससहित नामावली पठाउन परिपत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस