बुटवल अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुटवल अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु


४ कार्तिक २०७७, मंगलबार


बुटवल । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।

बुटवल कोरोना अस्पतालमा उपचाररत रहेका बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा मंगलबार बिहान ५:१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जनकारी दिए।

मृतक कोरोना संक्रमित महिला मधुमेहको दीर्घरोगी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस