महानगरमा सचिवको दरबन्दी काट्ने प्रस्ताव मन्त्रिपरिषदमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महानगरमा सचिवको दरबन्दी काट्ने प्रस्ताव मन्त्रिपरिषदमा


२८ जेष्ठ २०७७, बुधबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकामा सचिव पदको दरबन्दी काट्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

मन्त्रालयले नेपाल सरकारको सचिव प्रमुख प्रशासकीय अधिकृत रहने काठमाडौँ महानगरपालिकाको दरबन्दी काट्ने प्रस्ताव परिषद्मा पठाएको हो । प्रोटोकलदेखि लिएर अन्य समस्या देखिएपछि महानगरमा सचिवको दरबन्दी खारेज गर्दै सहसचिव कायम गर्न लागिएको छ ।

सम्भवतः आजको मन्त्रिपरिषद् बैठकबाट दरबन्दी काट्ने निर्णय हुन सक्ने प्रशासन स्रोतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस