प्रदेश १ मा ४७४ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ मा ४७४ जना कोरोना संक्रमित थपिए


२ कार्तिक २०७७, आइतबार


विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ४७४ कोरोना संक्रमित थपिएका छन् ।

तीमध्ये १४९ महिला र ३२५ पुरुष छन् । थपिएका संक्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक तथा प्रदेश बाहिरका १३ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा १ हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस