जनार्दन शर्माले भने : दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनार्दन शर्माले भने : दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ


२ कार्तिक २०७७, आइतबार


काठमाडौँ । नेकपाका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले कोरोना महामारीका बेला दसैँ भत्ताका रुपमा सांसदलाई दिने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन् ।

उनले फेसबुक पेजमा स्टाटस् लेख्दै यस्तो आग्रह गरेका हुन् । उनले स्टाटस् लेखेका छन्, ‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’

सांसदहरूले दसैँ मनाउन नियमित तलब र सुविधाबाहेक तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ भत्ता वितरण लिएको तथ्य सार्वजनिक भएपछि यसको विरोध सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस