बिपी प्रतिष्ठानमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु, मृतकको संख्या ६१ पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बिपी प्रतिष्ठानमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु, मृतकको संख्या ६१ पुग्यो


१ कार्तिक २०७७, शनिबार


धरान । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ ।

झापा, शिवगढी -११ का ५७ वर्षीय र सुनसरी, धरान-१५ का ६५ वर्षीय पुरुषको आधाआधा घण्टाका फरकमा मृत्यु भएको हो ।

सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।

झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो । भ माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको पेटको समस्या भई भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस