प्रहरी दबाव र प्रभावमा पर्नुहुन्न : मुख्यमन्त्री गुरुङ « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

प्रहरी दबाव र प्रभावमा पर्नुहुन्न : मुख्यमन्त्री गुरुङ


३० आश्विन २०७७, शुक्रबार


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल प्रहरीले दबाव र प्रभावमा नपरी जनताको सेवामा दत्तचित्त हुनपर्ने बताएका छन् ।

६५ औं प्रहरी दिवसका अवसरमा आज आयोजित श्रद्धाञ्जलि एवम् सम्मान कार्यक्रममा उनले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापना कालदेखि नै महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै जनताको सेवा प्रवाह गर्न इमान्दारिता र जिम्मेवारीबोधलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

प्रदेशकाा आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री हरिबहादुर चुमानले प्रहरी सेवाको प्रभावकारिताको लागि साधन श्रोत सम्पन्न बनाउँदै प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख धनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जीउधन र अधिकारको रक्षामा अहोरात्र खटिदै आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस