४ लाख घुस लिएको अभियोगमा प्रहरी हवल्दार दम्पती पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

४ लाख घुस लिएको अभियोगमा प्रहरी हवल्दार दम्पती पक्राउ


३० आश्विन २०७७, शुक्रबार


बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख घुस लिएको अभियोगमा अख्तियारको टोलीले पक्राउ गरेको छ ।

प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको अभियोगमा हवल्दार शिवचन्स हानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसन गरेको थियो ।

सोही क्रममा रुपन्देहीको सियारी गाउँपालिका-७ स्थित खनाल मिठाइ पसल नजिकबाट हवल्दार दम्पती रंगेहात पक्राउ परेका अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भुसालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस