कमल थापालाई कोरोना संक्रमण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कमल थापालाई कोरोना संक्रमण


२९ आश्विन २०७७, बिहिबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष थापाले बुधबार सामान्य टाउको दुखेका कारण कोरोना परीक्षण गराउँदा बिहिवार रिपोर्ट पोजेटिभ आएको ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

अध्यक्ष थापाले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध पनि गरेका छन्। थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् । थापा होम आइसोलेसनमै बसेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस