क्वारेन्टिनबाट भागेका व्यक्तिमा कोरोना « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

क्वारेन्टिनबाट भागेका व्यक्तिमा कोरोना


२८ आश्विन २०७७, बुधबार


डोटी । शिखर नगरपालिका वडा न. १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् ।

छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिन राखिएका मध्ये १२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ ।

शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मङ्गलबार परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण देखिएको शिखर गरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । उनले भने, ‘स्वाब परिक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ ।’ कोरोना सङ्क्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सिल गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताए । उनले भने, ‘ गाउँमा अरुलाई सङ्क्रमण नहोस भनेर गाउँ नै सिल गछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस