जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा अत्यावश्यकबाहेकका सेवा स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा अत्यावश्यकबाहेकका सेवा स्थगित


२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । कार्यालयले शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्धाको सुनुवाई र विपद व्यवस्थापनवाहेकका सेवा स्थगन गरेको हो ।

संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता तथा नविकरण र संस्था दर्ता–पत्रपत्रिका दर्ताका साथै नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवावहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस