सामान्य प्रशासन मन्त्री त्रिपाठी ग्रान्डि हस्पिटलको आइसियुमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामान्य प्रशासन मन्त्री त्रिपाठी ग्रान्डि हस्पिटलको आइसियुमा


२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा भर्ना भएका छन् ।

आइतबार राति अचानक स्वास्थ्य अवस्थामा समस्या आएपछि  अस्पताल भर्ना गरिएका मन्त्री त्रिपाठीको ग्रान्डि अस्पतालको आइसियुमा उपचार भइरहेको स्वकीय सचिव रमेश पाण्डेले जानकारी दिए ।

स्वकीय सचिव पाण्डेका अनुसार आइतबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि मन्त्री त्रिपाठीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालको रिपोर्ट अनुसार उनको पित्त थैलीमा पत्थरी रहेकोले तत्काल शल्यक्रियाका लागि ग्राण्डि हस्पिटल भर्ना गरिएको र शल्यक्रिया पश्चात् उनलाई आइसियुमा भर्ना गरिएको हो ।

अहिले उनको आइसियुमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा. चक्र राज पाण्डेकाअनुसार हाल उनको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस