डा. केसीसँगको सहमति कार्यान्वयन गर्न कांग्रेसको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. केसीसँगको सहमति कार्यान्वयन गर्न कांग्रेसको माग


२५ आश्विन २०७७, आइतबार


काठमाडौं । नेपाली कांग्रेसले डा.गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ ।

साथै कांग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएका छन् ।

उनले कांग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा. केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस