विप्लवसहितका २० राजनीतिक सङ्गठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विप्लवसहितका २० राजनीतिक सङ्गठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने 


प्रशासन संवाददाता

२५ आश्विन २०७७, आइतबार


विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपासहितका २० राजनीतिक सङ्गठनहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

शनिवार २० राजनीतिक सङ्गठनहरूको संयुक्त बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात गरेको निष्कर्ष निकाल्दै सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

असोज २९ गते माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गर्ने ती सङ्गठनहरूको तयारी रहेको छ ।

सरकारविरुद्धको संयुक्त आन्दोलनमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस