कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन


प्रशासन संवाददाता

२५ आश्विन २०७७, आइतबार


काठमाडौँ । त्रि वि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीले अस्पतालका सफाइ कर्मचारीको हातबाट जुस पिएर अनशन तोडेका छन् । शनिवार राति डा. केसी र सरकारबीच  ८ बुँदे सहमति भएपछि उनले आज अनशन तोडेका हुन् ।

डा. केसीलाई जुस पिलाउने ४६ वर्षीय सफाइ कर्मचारी विकास नेपाली कोरोना सङ्क्रमण जितेका हुन् ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै गत भदौ २९ गतेदेखि जुम्लामा १९ औँ सुरु गरेका डा.केसी असोज ६ गतेदेखि त्रि वि शिक्षण अस्पतालमा अनशन बसिरहेका थिए । सरकारले माग सम्बोधन गर्न सहमति भएपछि आज अनशन तोडेका हुन् ।

डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि चिकित्सक संघले केसीका माग सम्बोधन नगरेको भन्दै आन्दोलन घोषणा गर्दै आएको थियो । दुवै पक्ष  सहमतिमा आएपछि संघले पनि आन्दोलन फिर्ता लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस