गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण, २ संक्रमितको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण, २ संक्रमितको मृत्यु


२४ आश्विन २०७७, शनिबार


गण्डकी । गण्डकी प्रदेशमा आज ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला-६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट-१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

थपिने सङ्क्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना छन् । प्रदेशमा कोरोना सङ्क्रमित चार हजार ६४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस