२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पूर्वाधारका नयाँ क्षेत्रमा दक्ष जनशक्तिको अभाव’

अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सरकारले भौतिक पूर्वाधारका नयाँ–नयाँ क्षेत्रलाई अगाडि बढाइएको भएपनि त्यसमा आवश्यक कतिपय प्राविधिक जनशक्ति स्वदेशमा उपलब्ध नभएको बताएका छन् ।

गैरआवासीय नेपाली संघले आज आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा उनले गैरआवासीय नेपालीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नयाँ नेपाल निर्माणमा लगाउन आग्रह गरे ।

अहिले भौतिक पूर्वाधारको क्षेत्रमा रेल, सुरुङमार्ग र मेट्रोरेल थपिने क्रममा रहेको उनले बताए । मन्त्री नेम्वाङले भने, ‘हामीले रेल चलाउनका लागि पनि नेपाली दक्ष नभएकाले विदेशी ल्याउनुपर्ने अवस्था छ ।’ उनले नेपाल अहिले कम विकसित देशको सूचीमा भएपनि भौतिक पूर्वाधार निर्माणमा लगानी सुनिश्चित गरी मध्यम आय भएको मुलुकको रुपमा स्थापित हुने लक्ष्य लिइएको बताए ।

सन् २०२२ सम्ममा कम विकसित मुलुकको सूचीबाट माथि उठाउने, सन् २०३० सम्ममा दिगो विकासको लक्ष्यहरु हासिल गर्ने र सन् २०३० सम्ममा नेपाल मध्यम आय भएको देशको रुपमा विकास गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । सरकार व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न शहर विकास गर्न लागेको बताउँदै मन्त्री नेम्वाङले २७ नयाँ शहर, १५ स्मार्ट सिटी, पाँच हिमाली शहर र २० ओटा शहरमा सघन सहरी विकास कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । उनले भने, ‘अन्य शहरलाई थप व्यवस्थित गर्न ‘एक शहर एक पहिचान’को कार्यक्रम समेत अगाडि बढाइएको छ ।’

सो अवसरमा पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दिपकबाबु कँडेलले परम्परागत संरचनाहरुको संरक्षणको आवश्यकता औँल्याए । कतिपय संरचना अहिले हटेकाले पनि प्राकृतिक विपद् बढेको उनको भनाइ छ । कार्यक्रममा छ जना विज्ञहरुले भौतिक पूर्वाधार विकासको विभिन्न क्षेत्रसम्बन्धी कार्यपत्र प्रस्तुत गर्न भएको थियो ।