परराष्ट्र मन्त्रालयका सचिवमा भरतराज पौड्याल नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परराष्ट्र मन्त्रालयका सचिवमा भरतराज पौड्याल नियुक्त


२३ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत भरतराज पौड्याललाई सचिवमा नियुक्त गरेको छ ।

सचिव शंकरदास वैरागीलाई सरकारले मुख्य-सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यसअघि तीन जनाको नाम सचिवको रुपमा अगाडि आए पनि सरकारले वरिष्ठतालाई नै आधार मानेर पौड्याललाई सचिव नियुक्त गरेको हो ।

भर्खरै पाकिस्तानका लागि नेपालको राजदूतको जिम्मेवारी सम्हालेर आएकी सहसचिव सेवा लम्साल र न्युर्योकस्थित नेपालको संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख तथा सचिव अमृतकुमार राई पनि सचिवका दाबेदारका रुपमा थिए । तर पौडोल वरियताका हिसावले निकै अगाडी थिए ।

पौड्यालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेको र परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका कारण वरिष्ठतालाई ध्यानमा राख्दै पौड्याललाई सचिवमा नियुक्त गरिएको परराष्ट्र मन्त्रालले जनाएको छ । ।

Tags :
प्रतिक्रिया दिनुहोस