सरकार र डा. केसी पक्षबीच आज वार्ता हुँदै, होलान् त माग पुरा ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुँदै, होलान् त माग पुरा ?


प्रशासन संवाददाता

२२ आश्विन २०७७, बिहिबार


काठमाडौँ । सरकार र डा. गोविन्द केसी पक्षबीच आज अपराह्न ४ बजे वार्ता हुने भएको छ ।

डा. केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले आज अपराह्न ४ बजे वार्ता हुने तयारी रहेको जानकारी दिए ।

२४ दिनदेखि अनसनरत डा. केसीसँग वार्ता गर्न बुधवार शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरिएको थियो ।

मङ्गलवार सचिव मैनाली डा. केसीलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेर अनसन तोड्न आग्रह गरेका थिए । तर डा. केसीले माग पुरा नभएसम्म अनसन नतोड्ने अडान लिएका थिए ।

बुधवार चिकित्सक संघले आन्दोलनको घोषणा गरे लगत्तै सरकारले वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस