ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त


२२ आश्विन २०७७, बिहिबार


करारमा कर्मचारी भर्ना

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना रहेका प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराए । उनले भने,’ आज दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आयो ।अब उनी छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनेछन् ।’

मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए।

 

Tags :
प्रतिक्रिया दिनुहोस