२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी निवासमा उत्पादन गरी गुर्जो निःशुल्क वितरण

अ+ अ-

काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिब चार महिनाको अवधिमा रोपिएको छ ।

आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पुर्‍याउने गरेको उनले जानकारी दिए ।

राजधानीमा पनि वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराएका छन् । त्रिभुवन विश्वविद्यालयको प्राङ्गण कीर्तिपुर, राष्ट्रिय शहीद तथा शान्ति स्मारक गोकर्णलगायत उपत्यकाका विभिन्न नगरपालिकामा गरी करिब २० हजारभन्दा बढी बिरुवा बाँडिसकेको उनले जानकारी दिए ।

गुर्जोका बिरुवा बाँडेको स्थानमा धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पुर्‍याउँदै आएको छ । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।

गुर्जोले मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधिको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार देशव्यापीरुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।

अभियानले कोरोना पोजेटिभ भएकालाई गुर्जोको धुलो वितरण अभियानलाई समेत तीव्र बनाएको छ । गुर्जोको धुलो मनतातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिएका छन् ।

उपत्यकामा गुर्जोका बिरुवा, धुलो, चियापत्तीलगायत आवश्यक परेमा फेरि लिएर आउने उनको प्रतिबद्धता छ । देशभर ‘एक घर एक गुर्जो’को बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेको उनको मत छ । राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाई अभियानकर्मी लगायतले गुर्जोका बिरुवा वितरण अभियानमा सहयोग गरेको जनाइएको छ ।

यस वर्ष मनसुन शुरु भएसँगै कोरोनाबाट बच्न गुर्जोका बिरुवा, धुलो र चिया वितरणमा राजलवटलगायत अभियानकर्मी सक्रिय र्भका हुन् । कोरोना बढेसँगै लामो समयदेखि हाम्रो घरबारी वरपर यत्तिकै बसिरहेको गुर्जो खोज्नेको सङ्ख्या पनि बढ्न थालेको छ । कोरोनाबाट बच्न गुर्जो उपयोगी हुने चर्चा चल्न थालेपछि धेरैले यसको जोहो गर्न थालेका छन् ।